
किरात र्राई यायोक्खाको दमकमा सम्पन्न छैठाँै राष्ट्रिय सम्मेलनबाट उक्त स्थलको संरक्षण गर्ने निर्ण्र्ाापारित भएपछि र्सवप्रथम त खोटाङ जिल्लाको किरात र्राई यायोक्खामा छलफल गरी सोही स्थान तुवाचुङ जायजुम डाँडामा मिति २०६४।२।१९ गते स्थानीय क्षेत्रको किरात र्राईहरुको भेला गरीे २० र २१ गते हलेसी महादेवस्थान बजारमा बैठक गरी स्थानीय स्तरमा पनि निर्माण ...

- सुमाया राई
मेरो वाल्यावस्थामा आमाको अक्सर तयामा-खियामा दिदि-बहिनीको कथा, उनीहरूले तानमा कपडाबनेको कथा, खोक्चिलिपा भाई र तयामा-खियामामाईती चेलीबीचको माया र प्रेमले ओतप्रोत भएकोकथा, उनीहरूको बिछोडको कथा, खोक्चिलिपाले दिनभरीकोसीमा जाल हानी एक मात्र चिप्लो ढुङ्गा प्राप्त गरेकोकथा र उक्त चिल्ल्ाो ढुङ्गा वास्तवमा मायाकी शक्तिकोरूपमा रहेको कथा आदि-आदिलो मेरो बाल मष्तिस्कमाएक प्रकारको रोमाञ्चकता र उत्सुक्ता भरी दिने कामगरिरहन्थ्यो । मेरो बालमस्तिष्कले तयामा-खियामा रखोक्चिलिपाको कथा त्यो स्थान कल्पनामा भए पनिपुग्ने जमर्को गरिरहन्थ्यो । उक्त ठाउँ कस्तो होला -एकपटक उक्त ठाउँमा पुग्न पाए पनि हुन्थ्यो जस्तो विचारलेमलाई उद्वेलित गरिरहन्थ्यो । मेरो बाल मस्तिष्कलेसुनेको कथा र उक्त स्थानमा पुग्नको लागि बुनेकोकल्पना जीवनको झण्डै ४४ वसन्त पार गरिसकेपछिमात्र वास्तविकतामा परिणत हुन सक्यो । अर्थात २०६५सालको माघे संक्रान्तीको दिन म उक्त किरातआदिमभूमी तयामा-खियामा र खोक्चिलिपाको स्थानतुवाचुङ डाँडालाई चुम्न पुगेँ । ख्ाोटाङ जिल्लाकोअर्खौले गा.वि.स एवं सल्ले गा.वि.स. मा पर्ने उक्तआदिमभूमीमा पुग्न पनि एक संयोग थियो । त्यो केभने हामी किरात र्राई यायोक्खाले आरम्भ गरेको"किरात स्वायत्त राज्य" को अभियानमा मेरो नेतृत्वमासोलुदेखि उदयपरसम्मको राजनीतिक-सांस्कृतिकचेतना अभिवृद्धि अभियानको क्रममा सोलु-सल्लेरीदेखिओखलढुङ्गा हुँदै खोटाङ तत्पश्चात् उदयपुर झर्ने क्रममाउक्त समुहमा तत्कालिन उपाध्यक्ष श्री चतुरभक्त र्राई ज्यू,वहाँकी धर्मपत्नी श्रीमति जानका र्राई, दर्ुगा कोयू र्राई,पार्वती र्राई, रविन र्राई, र्राई नविन, भुवन सुप्तिहाङलगायत अन्य थुप्रै कलाकारको टोली समेत दिक्तेलमाकार्यक्रम सकेर उदयपुर जाने क्रममा आदिमभूमीतुवाचुङ ...
१) तोयमा र खोकचोलिपुको थानदेखि दक्षिण-पश्चिम तर्फसाकेला सिलि गर्ने मैदान तयार गर्ने ।
२) नागीको मोटर बाटोदेखि उकालो लाग्ने ठाउँ र काभ्रेमा जम्मा २ ठाउँ ढुङ्गाको स्वागत द्वार निर्माण गर्ने ।
३) काभ्रेबाट बाटो चौडा बनाउने र नागीबाट उकालो निस्कने बाटोमा ढुङ्गाको सिढी निर्माण गरी उक्त सिढीका दुवै तर्फफलामको रेलिङ्ग राख्ने ।
४) नागी साइड संग्राहलय, कपास खेती र तान बुन्ने ठाउँको तयारी र्गर्नको लागि अन्दाजी ५० रोपनी जग्गा खरिद गर्नुपर्ने र हलेसी गा.वि.स. १ मा पर्ने काभ्रेदेखि पर्ूव मोटर बाटोदेखि उत्तरको जम्मै पाखाहरु अन्दाजी २०० रोपनी जग्गा र तानढुङ्गा आसपासको जग्गासमेत संस्कृति मन्त्रालय मार्फ अध्रि्रहणको लागि नेपाल सरकारसँग माग गर्ने ।
५) उक्त जग्गामा विविध प्रकारको वृक्षारोपण गरी हरियाली राख्ने र सल्ले आर्खौले धितुङ्ग गा.वि.स अर्न्तर्गतको तुवाचुङ जायजुम तानढुङ्गा वरीपरीको सामुदायिक वनलाई सामुदयिक वन उपभोक्ता समितिसँग छलफल गरी तोयमा, खियामा, खोक्चिलिपु किरात धार्मिक सामुदायिक वनको नामाकारणबाट संरक्षण गर्ने र दुवै संस्थाको संरक्षण कार्यमा
भूमिका राख्न पहल गर्ने ।
६) तोयमा खियमा र खोक्चिलिपाको सालिक दुवै तानढुङ्गाको बीचको डाँडामा प्रतिस्थिापन गर्ने र तानढुङ्गा रहेको ठाउँमा उचित प्रकारले विज्ञहरुको सल्लाह र गुरु योजना बमोजिम निर्माण सुधार गर्ने ।
७) खाली चौरमा मानिसहरु विश्राम गर्ने पौराणिक आकारको घर, चौतारीहरु निर्माण गर्ने र फूल, बगैँचा, सौचालय ...
मानव समुदायको उत्पत्ति र विकासको क्रममा जंगली युग ढुंगे युग पार गर्दै कृषियुग तर्फप्रवेशको प्रारम्भमा हामी किरात र्राईहरुको महान पर्ुखा पातेसुङ र उहाँको श्रीमती दिलिदुम -डाकुहँमा) विश्वको अग्लो सगरमाथाको काख नेपालको पर्ूवाञ्चल माझ किरात प्रदेश खोटाङ जिल्लाको हलेसी महादेवस्थान गा.वि.स.स्थित वडा नं. १ ऐतिहसिक नाम तुवाचुङ जायजुम हाल बोलाउने नाम मालाथुम्का डाँडामा बस्ने गरेको किम्बदन्ती छ । उक्त स्थान समुन्द्र सतहदेखि करिब ७ हजार फिटको उचाई रहेको अर्खौले, सल्ले, धितुङ, दर्ुर्छिम र हलेसी महादेवको बीचमा ३ सय रोपनी जंगल र केही खाली चौर विभिन्न प्रकारको बोट, विरुवा र लालीगुराँसले सुसज्जित हिमाल तर्राई लगायत चारैतर्फो सुन्दर दृश्य राम्ररी देख्न सकिने यो अत्यन्तै रमाइलो ठाउँमा रहेको छ । संस्कार, संस्कृति, सभ्यता शुरु भएको किरात र्राईहरुको यही उद्गम भूमी स्वयं किरात र्राईहरुको लागि त सबैभन्दा ऐतिहासिक महत्वको तिर्थस्थल हो नै भने बैद्ध धर्मालम्बी महान गुरु पद्मसम्भवले ध्यान गरी मानवको आयु थप गरेको ठाऊ साथै हलेश्वर महादेव बसाहथान बैद्ध, हिन्दु र किरात धर्मको त्रिगम स्थल देशको पनि सस्कृति सम्पदाको धरोहर हो भन्ने कुरामा दर्ुइ मत हुन सक्दैन भन्ने लाग्दछ । पर्ुखाले छोडेको यही सम्पदालाई जोगाएर राखेमात्र पनि हाम्रो सन्ततीहरुको लागि जीवन यापनको आधार बन्नेछ । सृजनाको पहिलो घाम झुल्केको यस ठाउँ तिर्थ यात्रीहरुको निम्ति पनि पर्यटन केन्द्रको रुपमा विकास गर्नै पर्ने ठाउँ हो । ...
उक्त साँस्कृतिक धरोहर संरक्षण गर्न किरात र्राई यायोक्खाको केन्द्रिय कार्यालय कोटेश्वरमा कि.रा.या.को पदाधिकारीहरुसँग बृहत छलफल गरी किरात उद्गम आदिम भूमि तुवाचुङ जायजुम संरक्षण समितिको नाममा तदर्थ समिति गठन गरी जि.प्र.का काठमाडांैबाट मिति २०६५/८/१७ गते दर्ता नं ५५५ पा.नं. ३०३५३३८२१ का.जि. नयाबानेश्वर स्थित रा.वा.बैंकमा ब.हि.न ३९३५२ मा आफ्नो खाता खोली कि.रा.या.केन्द्रिय कार्यालय कोटेश्वरमा शाखा कार्यालयको रुपमा काम संचालन भइरहेको छ र उक्त संरक्षण कार्य अघि बढिरहेको छ ।
...